पाल्पामा तीज विशेष फुटबल: सराई र दमकडा उपाधिका लागि भिड्ने

पाल्पा | भदौ १९, २०८१

पाल्पामा तीज विशेष फुटबल: सराई र दमकडा उपाधिका लागि भिड्ने

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सराई र दमकडा एफसी भिड्ने भएका छन् ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जागृति युवा क्लब (कालो) लाई ४–३ गोल अन्तरले पेनाल्टी सुटअउटमा पराजित गर्दै दमकडा फाइनलमा पुगेको हो ।

 

निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटअउटमा धकेलिएको थियो ।

 

यसअघि सराई एफसीले मणिमुकुन्दलाई २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो ।

 

अब दमकडा र सराईबीच फाइनल खेल हरितालिका तीज (२१ गते) को दिन कोठीचौर खेल मैदानमा हुने क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी  दिए ।

 

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्